शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रवि लामिछाने पूर्पक्षका लागि कारागार चलान

एक्सप्रेस पाना
चैत्र २५, २०८१ सोमबार
  • 251
    SHARES
  • रवि लामिछाने पूर्पक्षका लागि कारागार चलान

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

    images

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालती प्रक्रिया पुर्‍याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो ।

    उनले अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने जनाइएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रवार काठमाडौंबाट पक्राउ गरी शनिवार विमानमार्फत भैरहवा लगिएको थियो ।

    images

    भैरहवा कारागारमा सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने