आइतबार, भाद्र २८ गते २०८३
images

चार देशीय टी–२० क्रिकेट खेल्न हङकङ जाने नेपाली टोलीको बिदाई

एक्सप्रेस पाना
चैत्र २५, २०८१ सोमबार
  • 571
    SHARES
  • चार देशीय टी–२० क्रिकेट खेल्न हङकङ जाने नेपाली टोलीको बिदाई

    काठमाडौं । हङकङ–चाइनाको आयोजनामा हुने चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ ।

    images

    नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार राष्ट्रिय टिमको बिदाइ गरेको हो । नेपालले हङकङमा हुने चार देशीय टी–२०–क्रिकेट प्रतियोगिताका लागि शनिबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको थियो ।

    Photo (11) (7).jpg

    images

    छनोट भएका खेलाडीमा आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहव आलम र रिजन ढकाल छन् ।

    Photo (2) (7).jpg

    Photo (9) (4).jpg

    बसिरले २ र नन्दनले ३ वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । प्रतियोगितामा नेपालले बुधबार कतार, बिहीबार कुवेत र आउँदो शनिबार हङकङसँग खेल्दैछ ।

  • सम्बन्धित विषय:

  • # टी–२० क्रिकेट