शुक्रबार, श्रावण २९ गते २०८३
images
images

चार देशीय टी-२० क्रिकेट सिरिज:पहिलो खेलमा कतारविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

एक्सप्रेस पाना
चैत्र २७, २०८१ बुधबार
  • 342
    SHARES
  • चार देशीय टी-२०  क्रिकेट सिरिज:पहिलो खेलमा कतारविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले कतारविरुद्ध टस जितेर पहिले बलिङ गर्दैछ । 

    images

    हङकङमा बुधबारदेखी सुरु भएको चार देशीय टी-२० सिरिजको पहिलो खेलमा नेपालले कतारविरुद्ध टस जितेर पहिले बलिङ गरेको हो । 

    यस सिरिजमा आयोजक हङकङसहित नेपाल, कतार र कुवेत रहेका छन् । यस सिरिजका लागि रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, वसिर अहमद, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, गुल्शन झा, कुशल मल्ल र शहाब आलम खेलाडी  हङकङ पुगेका छन ।

    images

    नेपालले आज कतारसँग, अप्रिल १० मा कुवेतसँग, अप्रिल १२ मा हङकङसँग खेल्ने तालिका रहेको छ । त्यस्तै अप्रिल १३ मा तृतीय स्थान र फाइनल हुने तालिका रहेको छ ।

  • सम्बन्धित विषय:

  • # आइसीसी क्रिकेट विश्वकप लिग-२