आइतबार, भाद्र २८ गते २०८३
images

चार देशीय टी–२० सिरिजमा नेपालको विजयी शुरुवात

एक्सप्रेस पाना
चैत्र २७, २०८१ बुधबार
  • 421
    SHARES
  • चार देशीय टी–२० सिरिजमा नेपालको विजयी शुरुवात

    काठमाडौं । आजदेखि शुरु भएको चार देशीय टी–२० सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ ।

    images

    बुधबार बिहान हङकङमा भएको सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो ।

    १५२ रनको लक्ष्य पछाएको नेपालले १७ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । 

    images

    नेपालका लागि कुशल भुर्तेलले ३८ रन बनाउँदा कप्तान रोहित पौडेलले ३७. आसिफ सेखले ३३ र बसिर अहमदले ३० रन बनाए । त्यस्तै कतारका बलर मुजीर उर् रेहमानले २ विकेट लिएका थिए ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कतारले २० ओभरमा ५ विकेट गुमाउदै १५१ रन बनाएको थियो।

    कतारका लागी कप्तान इक्रामुल्लाह खानले सर्बाधिक ५४ रन बनाए भने शाहजैब जमिलले ३१, मुजीब उर रेहमानले २० रन र मोहमद इर्शादले १८ रन बनाए । 

    नेपाली बलर करण केसी, सोमपाल कामी, नन्दन यादव, गुलशन झा र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।

  • सम्बन्धित विषय:

  • # टी–२० सिरिज