काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
आज सुन तोलामा दुई हजार रुपैयाँले बढेर प्रतितोलाको एक लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सोमबार सुन तोलामा एक लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने पनि बढेको छ । आज चाँदी एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार चाँदी एक हजार ८३० रुपैयाँमा कारोबार भएको थियो।



