मंगलबार, श्रावण १२ गते २०८३
images
images

१ सय ९ किलो लागूऔषध गाँजा र हतियार सहित एक युवक  पक्राउ

एक्सप्रेस पाना
चैत्र २७, २०८१ बुधबार
  • 271
    SHARES
  • १ सय ९ किलो लागूऔषध गाँजा र हतियार सहित एक युवक  पक्राउ

    काठमाडौं । रौतहट प्रहरीले १ सय ९ किलोग्राम लागूऔषध गाँजा र हतियार सहित एक युवकलाई पक्राउ गरेको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्तीको टोलिले ईशनाथ नगरपालिका – १ स्थित झोलुङ्गे पुलको पश्चिममा रहेको केरा घारीबाट लागूऔषध गाँजा र हतियार सहित एक युवकलाई पक्राउ गरेको हो ।

    रौतहट प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरेका अनुसार गौर नगरपालिका – ४ निवासी २१ वर्षीय सावन गिरीलाई पक्राउ गरीएको हो । पक्राउ परेका गिरीसँगै रहेका अन्य ६÷७ जना व्यक्ति फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

    images

    प्रहरीले गिरीको साथबाट १ सय ९ किलोग्राम लागूऔषध गाँजा र ८ एमएम केएफ लेखिएको लोडेड कटुवा पेस्तोल एक थान, ८ एमएम केएफ लेखिएको ३ राउन्ड गोली, रियलमी कम्पनीको स्क्रिनटच एक थान मोबाइल पनि बरामद गरेको छ । 

    पक्राउ परेका गिरीलाई लागूऔषध तथा हातहतियार खरखजाना अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ  ।