शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रचारबाजीको लागि मात्र होइन,जनताले महशुस गर्नेगरी काम गरौं : मन्त्री सिंह

एक्सप्रेस पाना
चैत्र २८, २०८१ बिहीबार
  • 240
    SHARES
  • प्रचारबाजीको लागि मात्र होइन,जनताले महशुस गर्नेगरी काम गरौं : मन्त्री सिंह

    काठमाडौं । शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताले महशुस गर्नेगरी विकासका कामहरु गर्न आवश्यक रहेको बताएका छन् । 

    images

    बिहीबार काठमाडौंमा आयोजित अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले खाली प्रचारबाजीको लागि मात्र नभएर जनताले महशुस गर्नेगरी नै काम गरेर देखाउने समय आइसकेको बताएका हुन् । 

    उनले भने,‘अब हामीले खाली प्रचारबाजीको लागि यो गर्यौं ,त्यो गर्यौं भन्ने होइन कि जनताले महशुस गर्नेगरी नै अब चाँही हामीले काम गरेर देखाउने समय चाँही आइसकेको छ । त्यो अनुसार हामीले काम अगाडि बढाउनुपर्छ । जे जति योजनाहरु हामीले अहिले सम्पन्न गरेको छौं । त्यसको राम्रोसँग आम जनतालाई जानकारी गराउने र बाँकी भएको कामहरुलाई अगाडि बढाउँदा जनतालाई सुसूचीत गराउनुपर्छ ।’ 

    images

    त्यस्तै उनले नदीहरुको करिडोर बनाउने काम प्रभावकारी रुपमा अगाडि बढाउने पनि प्रतिबद्धता जनाए । 

    ‘आउने बजेटमा बागमती विष्णुमती सबै नदीमा हामीले गर्ने भनेको नदीहरुमा नबसाउनको लागि हामीले गर्नुपर्ने के हो त्यसमा योजना बनाएर अगाडि बढ्ने बाहेक हामीसँग अरु उपाए छैन् । नदीहरुको करिडोर बनाउने जुन काम छ ।त्यसलाई पनि प्रभावकारी रुपमा अगाडि बढाउनको लागि सबैसँग समन्वय गरेर व्यवस्थित रुपमा सुरु गर्न लाग्नुपर्छ ।’  

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह