शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रहरी स्कर्टिङमार्फत दुर्गा प्रसाईं झापाको भद्रपुरतर्फ

एक्सप्रेस पाना
चैत्र २९, २०८१ शुक्रबार
  • 281
    SHARES
  • प्रहरी स्कर्टिङमार्फत दुर्गा प्रसाईं झापाको भद्रपुरतर्फ

    काठमाडौं । चैत्र १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई नेपाल ल्याइएको छ ।

    images

    नेपाल प्रहरीको विशेष ब्यूरोले झापाको काँकडभिट्टा हुँदै भारतमा पुगेर प्रसाईंलाई नियन्त्रणमा लिएको हो ।

    भारतमा पक्राउ गरी काँकडभिट्टा नाकाबाट भद्रपुरको चन्द्रगढी विमानस्थलतर्फ लगिएको स्थानीय संचारकर्मी पर्वत पोर्तेलले जानकारी दिए । 

    images

    पोर्तेलका अनुसार प्रहरीको विशेष ब्युरोको टोलीले स्कर्टिङ गरी शुक्रबार विहान भद्रपुर विमानस्थलतर्फ लगिएको हो । उनलाई केहीबेरमा बुद्ध एयरको विमानमा काठमाडौं पठाउने तयारी गरिएको छ । बुद्धको ११ बजेको उडानमार्फत काठमाडौं लगिने बताइए पनि निश्चित भइसकेको छैन् । 

    झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले प्रसाईलाई पक्राउ गरेको सुन्नमा आएको बताए । प्रसाईं पक्राउ परे नपरेको बारे नेपाल न्यूज बैंकसँगको जिज्ञासामा अधिकारीले भने, ‘प्रसाईं पक्राउ परेको सुन्नमा आएको छ ।’

    गत चैत्र १५ थते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईंलाई भारतमा पक्राउ गरी नेपाल ल्याइएको जनाइएको छ ।  तर प्रसाईंल भारतीय प्रहरी समक्ष आत्मसमर्पण गरेको जनाएका छन् । 

    तर प्रहरी अधिकारीहरुले भने उनी पक्राउ परेको पुष्टि गरिसकेका छैनन् । उनलाई  जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राख्ने कि काठमाडौं ल्याउने भन्ने विषयमा छलफल भइरहेको छ । 

  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाईं