शुक्रबार, श्रावण २९ गते २०८३
images
images

हतकडी लगाएर दुर्गा प्रसाईंलाई ल्याइयो काठमाडौं

एक्सप्रेस पाना
चैत्र २९, २०८१ शुक्रबार
  • 324
    SHARES
  • हतकडी लगाएर दुर्गा प्रसाईंलाई ल्याइयो काठमाडौं

    काठमाडौं । राजावादीहरुले आयोजना गरेको चैत्र १५ गतेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ ।

    images

    प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउपछि काठमाडौं ल्याइएको छ  । उनलाई बुद्ध एयरको जहाजमार्फत शुक्रबार काठमाडौं ल्याइएको हो ।

    भारतबाट नियन्त्रण गरिएका प्रसाईंलाई आजै बिहान काँकडभिट्टा नाकाबाट नेपाल ल्याएर भद्रपुर प्रहरी कार्यालय लगिएको थियो । त्यसपछि हतकडीसहित भद्रपुरको विमानस्थल पु¥याइएको थियो ।

    images

    मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक समेत रहेका प्रसाईं भारतको आसाम पुगेका थिए । 
    चैत १५ गते काठमाडौंको तीनकुनेमा दुई जनाको ज्यान जाने गरी हिंसा मच्चाएर भागेका दुर्गा बिहीबार भारतको आसाम प्रहरीको सम्पर्कमा पुगेका थिए । 

  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाईं