आइतबार, भाद्र २८ गते २०८३
images

चार देशीय टी–२० सिरिजको फाइनलमा आज नेपालले कुवेतको सामना गर्दै

एक्सप्रेस पाना
चैत्र ३१, २०८१ आइतबार
  • 329
    SHARES
  • चार देशीय टी–२० सिरिजको फाइनलमा आज नेपालले कुवेतको सामना गर्दै

    काठमाडौं । हङकङमा जारी चार देशीय टी–२० सिरिजको फाइनल खेलमा आज नेपाल र कुवेतबीच हुदैछ ।

    images

    खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजेदेखि शुरु हुनेछ । शनिबार हङकङविरुद्धको खेल बर्षाले पुरा हुन नसकेपछि दुवैले एक एक अंक बाँडेसँगै नेपाल फाइनलमा पुगेको हो ।

    नेपाल ३ खेलमा ५ अंकसहित शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको छ भने कुवेत ३ खेलमा ४ अंकसहित फाइनलमा पुगेको हो । नेपालले यसअघि लिग चरणमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो । 

    images


    त्यस्तै आज तेस्रो स्थानको लागि हङकङ र कतार खेल्दैछन् । यो खेल नेपाली समय अनुसार बिहान ६ः ४५ बजेदेखि शुरु हुने छ । 


    यो सिरिजमा आयोजक हङकङसहित नेपाल, कतार र कुवेत रहेकाछन् । यस सिरिजका लागि रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, वसिर अहमद, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, गुल्शन झा, कुशल मल्ल र शहाब आलम खेलिरहेका छन ।