आइतबार, भाद्र २८ गते २०८३
images

यु-१९ विश्वकप एसिया छनोटमा नेपालको विजयी शुरुवात

एक्सप्रेस पाना
चैत्र ३१, २०८१ आइतबार
  • 449
    SHARES
  • यु-१९ विश्वकप एसिया छनोटमा नेपालको विजयी शुरुवात

    काठमाडौं । आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा नेपालले विजयी शुरुवात गरेको छ । 

    images

    आइतबार खराब प्रकाशका कारण नेपालले युएईलाई डकवर्थ-लुइसको आधारमा ५ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । 

    ४०-४० ओभर खेलाइएको यस खेलमा नेपालले दिएको २०१ रनको लक्ष्य पछाएको युएईले ३६ ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएपछि खेल रोकिएको थियो । त्यसपछिको खेल खराब प्रकाशका कारण हुन नसकेपछि खेलको निर्णय डकवर्थ लुइस नियम अनुसार लिइएको थियो र युएई ५ रनले पराजित भयो ।

    images

    आजै माथिल्लो मुलपानी मैदानमा सम्पन्न खेलमा अफगानिस्तानले ओमानलाई परजित गरको थियो ।

    अब भोलि नेपालले ओमानसँग र अफगानिस्तानले हङकङसँग खेल्ने तालिका रहेको छ । 

  • सम्बन्धित विषय:

  • # यु-१९ विश्वकप