आइतबार, भाद्र २८ गते २०८३
images

यू–१९ विश्वकप एसिया छनोट:नेपालको लगातार दोस्रो जित

एक्सप्रेस पाना
बैशाख १, २०८२ सोमबार
  • 638
    SHARES
  • यू–१९ विश्वकप एसिया छनोट:नेपालको लगातार दोस्रो जित

    काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले ओमानलाई पराजित गरेको छ ।

    images

    माथिल्लो मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो । नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले यूएईलाई ५ रनले हराएको थियो ।

    ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालका लागि शाहिल पटेलले ४४ र निरजकुमार यादवले ४६ रन बनाए । नरेन भट्ट १२ र सन्तोष यादव १० रनमा अविजित रहे ।

    images

    ओमानका लागि सौम्या भाविन सम्पतले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको ओमान ३८ ओभरमा ११७ रन बनाएर अलआउट भएको थियो ।
    अब अर्को खेलमा नेपालले बुधबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # यू–१९ विश्वकप