काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा १७ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आइतबार सुन तोलाको एक लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आइतबार चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।



