आइतबार, भाद्र २८ गते २०८३
images

यू–१९ विश्वकप एसिया छनोटमा आज नेपालले हङकङको सामना गर्दै

एक्सप्रेस पाना
बैशाख ३, २०८२ बुधबार
  • 245
    SHARES
  • यू–१९ विश्वकप एसिया छनोटमा आज नेपालले हङकङको सामना गर्दै

    काठमाडौं । आइसिसी यू–१९ विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले हङकङको सामना गर्दै छ । 

    images

    बुधबार मुलपानी क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुनेछ । 

    जारी प्रतियोगितामा नेपालले आफ्ना दुवै खेल जितेर उत्कृष्ट शुरुवात गरेको छ । नेपालले यसअघि युएईलाई डिएल मेथड अनुसार ५ रनले पराजित गरेको थियो भने ओमानलाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै हङकङले भने आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग हार बेहोरेको थियो ।

    images

    त्यस्तै आज अर्को खेल अफगानिस्तान र युएईबीच माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुदै छ । प्रतियोगितामा अफगानिस्तानले आफ्ना दुवै खेलमा जित हासिल गरेको छ भने युएईले पहिलो खेलमा हार बेहोरेको छ ।

    त्यसैगरी अप्रिल १७ मा ओमान र युएई खेल्दै छन् भने अप्रिल १८ मा हङकङ र ओमान खेल्दै छन् । त्यसैगरी अप्रिल १९ मा नेपाल र अफगानिस्तानसँग खेल्दैछन् ।      

    यू–१९ विश्वकपको एशिया छनौट खेल्ने नेपाली टिममा नरेन भट्ट (कप्तान), अभिषेक तिवारी (उप–कप्तान), निरजकुमार यादव, साहिल पटेल, सिव्रिन श्रेष्ठ, रोशन कुमार विश्वकर्मा, दर्श सोनार, दिलसाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल, युवराज खत्री र विपिन कुमार शर्मा रहेका छन् । 

    नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो भने नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ ।     

  • सम्बन्धित विषय:

  • # यू–१९ विश्वकप