आइतबार, भाद्र २८ गते २०८३
images

यू–१९ विश्वकप एसिया छनोट:नेपालको लगातार तेस्रो जित

एक्सप्रेस पाना
बैशाख ३, २०८२ बुधबार
  • 618
    SHARES
  • यू–१९ विश्वकप एसिया छनोट:नेपालको लगातार तेस्रो जित

    काठमाडौं । आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ ।

    images

    बुधबार भएको तेस्रो खेलमा हङकङले नेपाललाई ११६ रनको लक्ष्य दिएको थियो । नेपालले १२.३ ओभरको खेलमा १ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । 

    नेपालका लागि ओपनर साहिल पटेल ४२, कप्तान नरेन भट्ट ३९ र निरज यादवले २३ रन बनाए ।

    images

    यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाएको थियो । 

    नेपालका लागि युवराज खत्रीले ४ र बिपिन शर्माले ३ विकेट लिए भने सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए । अब

    नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार अफगानिस्तानसँग खेल्ने छ ।

     

  • सम्बन्धित विषय:

  • # यू–१९ विश्वकप