शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा छ:गृहमन्त्री लेखक

एक्सप्रेस पाना
बैशाख ५, २०८२ शुक्रबार
  • 304
    SHARES
  • नेपाल प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा छ:गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा रहेको बताएका छन् । 

    images

    शुक्रबार प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण कार्यक्रममा बोल्दै उनले हिमाल, पहाड, तराई र मधेश सबै ठाउँमा विपद्का जोखिमहरु रहेकाले जनतालाई जोगाउनका लागि तयार रहनुपर्ने बताएका हुन् । 

    उनले भने, "हामी प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा छौं । आज भन्दा करिव ४ हप्ता जति भयो एकै हप्ता तीनवटा भूकम्प बेहोर्नुपर्यो । जुनसुकै बेला जे पनि हुन सक्छ । त्यो मानसिकताका साथ तयारीमा बस्न जरुरी छ । ७२ सालको भूकम्प पोखरा केन्द्रविन्दु भएर आएको थियो । भूकम्पको उच्च जोखिम छ । मनसुनको बेलामा अविरल वर्षका कारणले जाने बाढि, पहिरो र डुबानको जोखिम छ । हिमालमा हिउँदमा चिसो लाग्ने, लेक लाग्ने, तराईमा गर्मिमा ‘लू’ लाग्ने, आजभोलिको जस्तो सिजनमा आगलागी हुने, पहाडमा चट्याङ खस्ने, तराईमा अरु विभिन्न खालका विपद्का समस्याहरु हुने गर्दछन् । हिमाल,पहाड, तराई र मधेश सबै ठाउँमा विपद्का जोखिमहरु छन् । जोखिमबाट जनतालाई जोगाउनका लागि हामी तयार रहनुपर्छ ।"

    images

    साथै उनले जुनसुकै बेला जे पनि हुन सक्छ भन्ने मानसिकताका साथ तयारीमा बस्न जरुरी रहेको बताए । उनले जोखिमबाट जनतालाई जोगाउनका लागि हामी सबै तयार रहनुपर्ने बताए । 

    यस्तै उक्त कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्का दृश्टिकोणले गण्डकी प्रदेश जोखिमयुक्त प्रदेश भएको बताए । उनले बाढि, पहिरोको जोखिम गण्डकी प्रदेशमा अलि बढी नै रहेको बताए ।

    उनले भने, ‘गण्डकी प्रदेश अलिकति जोखिमयुक्त प्रदेश पनि हो विपतको दृश्टिकोणबाट । अति नै जोखिमयुक्त विपतमा पर्छ गण्डकी प्रदेश । बाढि,पहिरोको जोखिम  गण्डकी प्रदेशमा अलि बढी नै छ । ’

  • सम्बन्धित विषय:

  • # रमेश लेखक