आइतबार, भाद्र २८ गते २०८३
images

यू–१९ विश्वकप एसिया छनोट:नेपालले आज अफगानिस्तानको सामना गर्दै

एक्सप्रेस पाना
बैशाख ६, २०८२ शनिबार
  • 369
    SHARES
  • यू–१९ विश्वकप एसिया छनोट:नेपालले आज अफगानिस्तानको सामना गर्दै

    काठमाडौं । जारी आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले आज  अफगानिस्तानको सामना गर्दै छ । 

    images

    शनिबार तल्लो मुलपानी क्रिकेट मैदानमा हुने फाइनल खेल बिहान साढे ९ बजेदेखि शुरु हुनेछ ।

    यस अघिका आफ्ना ३–३ खेलमा जित हासिल गरेर नेपाल र अफगानिस्तान विश्वकपमा छनौट हुन यो खेल खेल्दै छन् ।

    images

    समान अंक रहेपनि अफगानिस्तान नेट रनरेटमा‌ नेपालभन्दा अगाडी रहेको छ । आजको खेल बर्षाले बाधक भएमा वा अंक बाड्नु पर्ने अवस्था आएमा अफगानिस्तान छनौट हुने छ ।   

    नेपाल र अफगानिस्तानसहित यूएई, हङकङ र ओमान छनोट प्रतियोगिता खेले पनि  यूएई, हङकङ र ओमान  छनौटको दौडबाट बाहिरिएका छन् ।

  • सम्बन्धित विषय:

  • # यू–१९ विश्वकप