आइतबार, भाद्र २८ गते २०८३
images

आइपीएलमा राजस्थान रोयल्समाथि लखनउ विजयी

एक्सप्रेस पाना
बैशाख ७, २०८२ आइतबार
  • 246
    SHARES
  • आइपीएलमा राजस्थान रोयल्समाथि लखनउ विजयी

    काठमाडौं । जारी आइपीएलमा लखनउ सुपर जाइन्टले राजस्थान रोयल्सलाई पराजित गरेको छ । 

    images

    गएराती सम्पन्न खेलमा लखनउले राजस्थानलाई २ रनले पराजित गरेको हो ।

    लखनउले दिएको १८१ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ५ विकेट गुमाउदै १७८ रन बनाएपछि खेल लखनउले २ रनले जितेको थियो ।

    images

    राजस्थानका लागि यस्शवी जैसवालले सर्बाधिक ७४ रन बनाए भने कप्तान रियान परागले ३९ तथा १४ बर्षिय वैभव सुर्यबंशीले ३४ रन बनाएका थिए । सुर्यबंशीले यस खेलमा आइपिएल डेभ्यु गरेर सबैभन्दा कम उमेरमा आइपिएल खेल्ने नयाँ किर्तिमान बनाएका छन् ।


    त्यस्तै लखनउकाया बलर आभेश खानले ३ विकेट लिए भने श्रदुल ठाकुर र एडन मार्क्रमले एक एक विकेट लिएका थिए ।


    यस अघि टस जितेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाउदै १८० रन बनाएको थियो । लखनउका लागि एडन मार्क्रमले ६६ रन बनाए भने आयुष बदानीले ५० र अब्दुल समादले ३० रन बनाएका थिए ।


    यो जितपछि लखनउको ८ खेलमा १० अंक भएको छ र चौथो स्थानमा उक्लिएको छ । त्यस्तै राजस्थानको भने यो छैटौ हार हो । राजस्थानको ८ खेलमा २ जितसहित ४ अंक रहेको छ ।

  • सम्बन्धित विषय:

  • # आइपीएल