शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सिंहदरबारबाट राप्रपा अध्यक्ष लिङ्देन र शाही प्रहरीको नियन्त्रणमा

एक्सप्रेस पाना
बैशाख ७, २०८२ आइतबार
  • 421
    SHARES
  • सिंहदरबारबाट राप्रपा अध्यक्ष लिङ्देन र शाही प्रहरीको नियन्त्रणमा

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images

    पार्टीको आन्दोलन स्थलतर्फ जान लाग्दा उनीहरुलाई सिंहदरबारबाट प्रहरीले नियन्त्रणमा लिएको हो । 

    आइतबार अध्यक्ष लिङदेनसहितका सांसदहरूले सिंहदरबारभित्रै विरोध जनाएका थिए । सोही क्रममा अध्यक्ष लिङदेनसँगै सांसदहरु बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    images

    अध्यक्षसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको लिङ्देनका स्वकीय सचिव चन्द्र कठायतले पुष्टि गरे । 
    वर्तमान व्यवस्थाविरुद्ध बिजुलीबजार पुलमा प्रदर्शन गरिरहेका नेताहरु सिंहदरबार छिरेका थिए । 

    साथै तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्नेलगायत उनीहरूको माग छ 

  • सम्बन्धित विषय:

  • # राजेन्द्र लिङ्देन