आइतबार, भाद्र २८ गते २०८३
images

ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस नेपालमा

एक्सप्रेस पाना
बैशाख ९, २०८२ मंगलबार
  • 312
    SHARES
  • ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस नेपालमा

    काठमाडौं । चर्चित ब्राजिलिय फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस नेपाल आएका छन् । 

    images

    कार्लोस मंगलबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । हाल काठमाडौंमा भईरहेको एनसेल नेपाल सुपर लिगको फुटबल प्रतियोगितामा सहभागि हुन कार्लोस नेपाल आएका हुन् । 

    एनसेल नेपाल सुपर लिगको आयोजक नेपाल खेलकुद तथा कार्यक्रम व्यवस्थापन प्रा. लि. ले लिगको सद्भावना दूतको रूपमा नेपाल भ्रमणमा रहेका उनी ठमेल स्थित एलओडी क्लबमा पनि जाने छन् । 

    images

    कार्लोस शुक्रबार आउने कार्यक्रम थियो तर स्वास्थ्यमा समस्या आएकाले केही ढिला गरी आज नेपाल आएका हुन् । 

  • सम्बन्धित विषय:

  • # रोबर्टो कार्लोस