एजेन्सी । इटालियन सिरी ए फुटबलमा लाजियोले सविको विजेता इन्टर मिलानमाथि सहज जित हासिल गरेको छ । शनिबार राति सम्पन्न भएको खेलमा लाजियोले इन्टर मिलानलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
लाजियोको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीको जितमा किरो इम्मोबाइल, फेलिप एण्डरसन र सेरगेज साभिकले ११ गोल गरेका थिए । त्यस्तै इन्टर मिलानका लागि इभान पेरिसिकले पेनाल्टीमार्फत एक गोल गरेका थिए । खेलमा सुरुवाती अग्रता भने पाहुना टोली मिलानले बनाएको थियो । उक्त अग्रता जोगाउन नसक्दा पराजित भएको हो ।
उक्त जितसँगै लाजियोले ८ खेलबाट १४ अंक जोडेको छ र लिगमा पाँचौ स्थानमा रहेको छ । त्यस्तै इन्टर मिलानले भने यस सिजनमा पहिलो हार बेहोरेको छ । इन्टर मिलानको ८ खेलबाट १७ अंकसहित अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।


