आइतबार, भाद्र २८ गते २०८३
images

महिला टी–२० विश्वकपको एशिया छनौट खेल्ने नेपाली टोलीको घोषणा

एक्सप्रेस पाना
बैशाख १३, २०८२ शनिबार
  • 383
    SHARES
  • महिला टी–२० विश्वकपको एशिया छनौट खेल्ने नेपाली टोलीको घोषणा

    काठमाडौं । आइसीसी महिला टी–२० विश्वकपको एशिया छनौट खेल्ने नेपाली टिमको घोषणा भएको छ । 

    images

    नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोलिको घोषणा गरेको हो । 

    टोलिमा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रोमा थापा, रुबी पोडार, रुबिना क्षेत्री, कबिता कुँवर, बिन्दु रावल, सबनम राई, कविता जोशी, इश्वरी बिष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमती ऐरी र रिया शर्मा रहेका छन् ।

    images

    एशिया छनौट आगामी मे ९ देखि २० सम्म थाइल्याण्डमा हुने छ ।

    कुल ९ देशले भाग लिने यस एशिया छनौटमा नेपाल समुह सी मा रहेको छ । नेपालको समुहमा बहराइन र हङकङ रहेका छन् ।

    समुहमा हरेक टिमले एक अर्काविरुद्ध २–२ खेल खेलेपछि समुह बिजेता ३ देशले फाइनल राउण्ड खेल्ने छन् । फाइनल राउण्डमा एक अर्काविरुद्ध खेलेपछि शिर्ष दुई देश विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुने छन् ।

    एशिया छनौटको समुह ए मा भुटान कुवेत र थाइल्याण्ड रहेका छन् भने समुह बी मा मलेसिया, कतार युएई रहेका छन् ।
             

  • सम्बन्धित विषय:

  • # महिला टी–२० विश्वकप