शुक्रबार, श्रावण २९ गते २०८३
images
images

लगातार दोस्रो पटक ललितपुर सिटीले जित्यो नेपाल सुपर लिगको उपाधी

एक्सप्रेस पाना
बैशाख १४, २०८२ आइतबार
  • 304
    SHARES
  • लगातार दोस्रो पटक ललितपुर सिटीले जित्यो नेपाल सुपर लिगको उपाधी

    काठमाडौं । ललितपुर सिटी एफसीले‌ लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ।

    images


    दशरथ रंगशालामा शनिबार पोखरा थन्डर्सलाई २-१ गोलले हराउँदै ललितपुर लगातार दोस्रो पटक च्याम्पियन बनेको हो।

    ललितपुरको जितमा दुई विदेशी खेलाडी इमोह इजेकेल र पापा इबोउ केबेले एक एक गोल गरेका थिए हने पोखराका लागि एक गोल एनआरएन खेलाडी सुदिल राईले गरेका थिए ।

    images


    ललितपुरले यस सिजनमा अपराजित रहँदै उपाधि जितेको छ । दोस्रो सिजन अन्तिम ३ खेलमा अपराजित रहेको ललितपुर यस सिजन खेलेको ८ वटै खेलमा अपराजित रहेको छ ।


    च्याम्पियन ललितपुरले नगद ८० लाख पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता पोखराले ३० लाख पाउने आयोजकले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # नेपाल सुपर लिग