शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आइतबार सामान्य बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
बैशाख १४, २०८२ आइतबार
  • 239
    SHARES
  • आइतबार सामान्य बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ । 

    images

    आज सुन प्रतितोला सय रुपैयाँले बढेर प्रतितोलाको एक लाख  ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    शुक्रबार सुन तोलाको एक लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

    images

    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी १० रुपैयाँले घटेको हो । महासंघको अनुसार आज चाँदी एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी दुई हजार रुपैयाँमा कारोबार भएको थियो। 

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६२ हजार ६३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७०६ रुपैयाँ  कायम भएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य