शुक्रबार, भाद्र २६ गते २०८३
images

अभिनेत्री रेखा थापा ‘मीरा’बाट नाटकमा डेब्यु गर्दै

एक्सप्रेस पाना
बैशाख १६, २०८२ मंगलबार
  • 323
    SHARES
  • अभिनेत्री रेखा थापा ‘मीरा’बाट नाटकमा डेब्यु गर्दै

    काठमाडौँ । अभिनेत्री रेखा थापाले नाटकमा देखिने भएकि छिन् । 

    images

    कान्तिपुर फिल्म एकेडेमीले मंचन गर्न लागेको नाटक ‘मीरा’ बाट उनले नाटकमा डेब्यु गर्न लागेकी हुन् । जेठ १५ गतेदेखि असार ७ गतेसम्म मञ्चन हुने नाटक दीपक सिंजालीद्धारा लिखित उपन्यास ‘मीरा’मा आधारित रहेको  छ । 

    नाटकमा एक महिलाको परिवार र समाजसँगको विद्रोहको कथा समावेश रहेको छ । नाट्य रुपान्तरण तथा निर्देशन सुन्दर धितालले गर्दैछन् । 

    images

    नाटकको मुख्य भूमिकामा अभिनेत्री  रेखा थापा रहने कान्तिपुर थिएटरले जनाएको छ । यो नाटकको रियल्सन र रिडिङ सुरु भैसकेको छ ।

  • सम्बन्धित विषय:

  • # रेखा थापा
  • # ‘मीरा’