शुक्रबार, श्रावण २९ गते २०८३
images
images

संयुक्त समितिद्वारा नयाँ संसद भवनको अवलोकन

एक्सप्रेस पाना
बैशाख २१, २०८२ आइतबार
  • 243
    SHARES
  • संयुक्त समितिद्वारा नयाँ संसद भवनको अवलोकन

    काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)समितिले नयाँ संसद भवनको अवलोकन गरेका छन् । 

    images

    आइतबार सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको समितिका सभापति ठाकुर गैरेसहितको टोलीले अवलोकन गरेको हो ।

    अवलोकनपछि सञ्चारकर्मीहरुसँग सभापति गैरेले उनले ०८२–८३ को वार्षिक बजेट यही हलबाट प्रस्तुत हुन्छ भनेर मन्त्रीले जवाफ दिएको भएतापनि अझै मन्त्रालयले दुईसय दिन थपेर यसलाई पूरा गर्नेतर्फ जान खोजेको बताए । तीन सिफ्टमा काम नगरेसम्म दुईसय दिन थपेर पनि काम पूरा हुने नदेखिएको उनको भनाई छ । 

    images

    उनले भने,‘मन्त्रीज्यूले हामीले तीन सिफ्टमा काम गराउँछौं । ०८२–८३ को वार्षिक बजेट यही हलबाट प्रस्तुत हुन्छ भन्नुभएको थियो । तर मन्त्रालयले दुईसय दिन थपेर यसलाई पूरा गर्नेतर्फ जान खोजेको छ । त्यो दुईसय दिनमा काम गर्न पनि तीन सिफ्टमा काम नगरेसम्म सम्पन्न गर्न सक्ने अवस्था म देख्दिन ।’

    त्यस्तै, उनले म्याद थपअघि दिनदिनै पूरा गर्ने कामको क्यालेण्डरको चार्टसहित तयार पार्न समितिमा आएर छलफल गर्नकालागि मन्त्रालयलाई निर्देशन समेत दिए । 

  • सम्बन्धित विषय:

  • # संसद भवन