काठमाडौं । आईसीसी महिला विश्वकप टी–२० क्रिकेटको एसिया छनोट खेलको तालिका सार्वजनिक भएको छ ।
सोमबार क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह सी मा रहेको छ ।
थाइल्यान्डमा हुने खेलमा नेपालसँग हङकङ चाइना र बहराइनले खेल्नेछन् । तीनवटै टिमले एकअर्कासँग दुई दुई खेल खेल्नेछन् ।
पहिलो खेल नेपालले २६ वैशाखमा हङकङ चाइनासँग खेल्नेछ भने दोस्रो खेल २७ वैशाखमा बहराइनसँग हुनेछ । तेस्रो खेल ३० वैशाखमा हङकङ चाइनासँग र समूहको अन्तिम खेल १ जेठमा बहराइनसँग रहेको छ ।


