काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ ।
आज सुन तोलामा एक हजार ७ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
मंगलबार सुन एक लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।



