शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सरकारको तर्फबाट मिडियामाथि कुनै दबाब, निर्देशन र नियन्त्रण हुँदैन्:प्रधानमन्त्री ओली

एक्सप्रेस पाना
बैशाख २४, २०८२ बुधबार
  • 625
    SHARES
  • सरकारको तर्फबाट मिडियामाथि कुनै दबाब, निर्देशन र नियन्त्रण हुँदैन्:प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको मिडियालाई सरकारको तर्फबाट कुनै दबाब, निर्देशन, नियन्त्रण नभएको बताएका छन् । 

    images

    बुधबार काठमाडौंमा आयोजित गोरखापत्र प्रकाशनको १२५औं वर्ष प्रवेश तथा संस्थानको ६३औं वार्षिकोत्सव समारोहमा उनले ३०, ३५ वर्ष अगाडिसम्म मिडियाहरुलाई मनमा लागेको कुरा लेख्ने स्वतन्त्रता नभएको भन्दै अहिले प्रधानमन्त्री र सरकारबाट कुनै प्रकारको दबाब, निर्देशन, नियन्त्रण नभएको बताए । 

    उनले भने, ‘गोरखा पत्रले धेरै उतारचढाव देखेको छ । यही उतारचढावलाई झेल्दै विकास भएको छ । त्यो बेला कति गाह्रो थियो होला सम्पादकिय लेख्न आज त तपाई के सम्पादकिय लेख्नु हुन्छ त्यसमा कहिले सरकारबाट यसो लेख भनेको आएको छ र, प्रधानमन्त्रीबाट कहिले कुनै प्रकारको दबाब, निर्देशन, नियन्त्रण, इरासा भएको छ र, आँखा पनि झिम्काउदैँन् त्यता तिर सरकारले आज त तपाईहरु जे मनमा लाग्छ त्यही लेख्न स्वतन्त्र हुनु हुन्छ तर ३०, ३५ वर्ष अगाडिसम्म यस्तो स्वतन्त्रता थिएन् ।’

    images

    यस्तै, उनले अनलाइनको समयमा पत्रपत्रिकाको काम छैन भन्ने भाष्य गलत भएको भन्दै गोरखापत्रको सान्दर्भिकता कहिले पनि कम नहुने बताए । 

    उनले भने, ‘कतिले भन्छन् अनलाइनको समयमा पत्रपत्रिकाको काम छैन् तर वास्तवमा डिजिटलमा खोज्न गाह्रो हुन्छ, राख्न गाह्रो हुन्छ त्यसकारण यो गोरखापत्रको सान्दर्भिकता कहिले पनि कम हुदैँन् ।’ 

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री ओली