आइतबार, भाद्र २८ गते २०८३
images

महिला टी–२० विश्वकप एशिया छनौट:पहिलो खेलमा नेपालले हङकङको सामना गर्दै

एक्सप्रेस पाना
बैशाख २६, २०८२ शुक्रबार
  • 271
    SHARES
  • महिला टी–२० विश्वकप एशिया छनौट:पहिलो खेलमा नेपालले हङकङको सामना गर्दै

    काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आजदेखि मे २० सम्म थाइल्याण्डमा आइसीसी महिला टी–२० विश्वकपको एशिया छनौट खेल्दैछ ।

    images

    शुक्रबार पहिलो खेलमा नेपालले हङकङ चाइनासँग खेल्दैछ । खेल नेपाली समय अनुसार आज बिहान ८ः १५ बजेदेखि बैंककमा शुरु हुदैछ ।  

    कुल ९ देशले भाग लिने यस एशिया छनौटमा नेपाल समुह सी मा रहेको छ । नेपालको समुहमा बहराइन र हङकङ रहेका छन् । 

    images


    नेपालले मे ९ मा हङकङ चाइनासँग खेल्ने छ भने मे १० मा बहराइनसँग खेल्ने तालिका रहेको छ । त्यस्तै मे १३ मा फेरी हङकङ चाइना र मे १५ मा बहराइनसँग खेल्ने तालिका रहेको छ ।     

    एशिया छनौट खेल्न नेपाल क्रिकेट संघ (क्यान) लेइन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रोमा थापा, रुबी पोडार, रुबिना क्षेत्री, कबिता कुँवर, बिन्दु रावल, सबनम राई, कविता जोशी, इश्वरी बिष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमती ऐरी र रिया शर्मा रहेका छन् ।

    समुहमा हरेक टिमले एक अर्काविरुद्ध २–२ खेल खेलेपछि समुह बिजेता ३ देशले फाइनल राउण्ड खेल्ने छन् । 

     

     

  • सम्बन्धित विषय:

  • # महिला टी–२० विश्वकप