शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

एक्सप्रेस पाना
बैशाख २६, २०८२ शुक्रबार
  • 237
    SHARES
  • प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज भेट भएको छ ।

    images

    प्रधानमन्त्री निवास बालुुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन् । 

    उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारवाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट पारे । राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरे । 

    images

    सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त आतङ्कवादी हमलाको भत्र्सना गरे । उनले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट गरेका छन् । 

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री ओली
  • # भारतीय राजदूत श्रीवास्तव