शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेस एमाले आफ्नो बुद्धिले नभई दलाल, बिचौलियाहरुले मिलाइदिएका हुन्: अध्यक्ष प्रचण्ड

एक्सप्रेस पाना
बैशाख २८, २०८२ आइतबार
  • 233
    SHARES
  • कांग्रेस एमाले आफ्नो बुद्धिले नभई दलाल, बिचौलियाहरुले मिलाइदिएका हुन्: अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस एमाले आफ्नो बुद्धिले नभई दलाल, बिचौलियाहरुले मिलाइदिएको बताएका छन् ।  

    images

    शनिबार नेकपा (माओवादी केन्द्र) पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै उनले माओवादीको नेतृत्वको सरकार ढाल्न दलालहरुले कांग्रेस एमालेलाई मिलाइदिएको बताएका हुन् । 

    उनले भने, ‘मैले नजिकबाट हेरेको, बुझेको, थाहा पाएको छु । उहाँहरुलाई दलालहरुले आफ्नो घरमा बोलाएर खरिद गरे । विचौलियाहरुले आफ्नो घरमा बोलाएर खरिद गरे । दलालहरुले होटेलमा मिटिङ बसाएर उनीहरुलाई मिलाइदिए । कांग्रेस एमाले आफ्नो बुद्धिले मिलेको मलाई लाग्दैन । यो देशमा दलाल, बिचौलिया, ठगहरुले उहाँहरुलाई मिलाइदिएर माओवादी केन्द्रको नेतृत्वमा सरकार रहिराख्यो भने हाम्रो त भविश्य बर्बाद हुने भो यिनीहरुले त विकास निर्माण, सुशासन भनेर हामीलाई जेल पो हाल्ने भए भनेर उनीहरुकै इसारामा यो गठबन्धन बन्यो ।’ 

    images

    उनले माओवादीको नेतृत्वमा सकरात्मक काम भएको विचौलिया, नोकरशाह, दलालहरुलाई मन नपरेकाले उनीहरुले सरकार ढालेको बताए । 

    ‘मेरो नेतृत्वको सरकारले देश र जनताका पक्षमा धेरै राम्रा काम थालनी गरेको थियो,भ्रष्टाचार र सुशासनका लागि नीतिगत पहल पनि भइरहेकै थियो, दलाल बिचौलिया र पुजिपतिलाई त्यो सैह्य भएन,स्वार्थ केन्द्रहरुले बनाएको यो सरकार जनहितमा काम गर्न नसकेर रुझेको बिरालो जस्तै भइसकेको छ, आफैं ढल्छ,हामीले ढालिरहनु पर्दैन,’ प्रचण्डले भने ।

  • सम्बन्धित विषय:

  • # अध्यक्ष प्रचण्ड