शुक्रबार, भाद्र २६ गते २०८३
images

‘के घर के डेरा:घर नं २’ ले पायो युनिभर्सल सर्टिफिकेट

एक्सप्रेस पाना
बैशाख ३०, २०८२ मंगलबार
  • 452
    SHARES
  • ‘के घर के डेरा:घर नं २’ ले पायो युनिभर्सल सर्टिफिकेट

    काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा:घर नं २’ले युनिभर्सल सर्टिफिकेट पाएको छ । 

    images

    केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले ‘के घर के डेरा:घर नं २’लाई युनिभर्सल सर्टिफिकेट दिएको हो ।

    युनिभर्सल सर्टिफिकेट पाएसँगै यो चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन् ।

    images

    सेन्सर बोर्डमा चलचित्र प्रदर्शन गरिएको बेला अधिकांश सदस्यहरू भावुक बनेको देखिएको थियो । चलचित्रका केही मार्मिक दृश्यहरूले मन छोएको प्रतिक्रिया दिँदै उनीहरूले धेरै समयपछि मौलिक र गहिरो नेपाली सिनेमा हेर्न पाएको अनुभव सुनाए । केही सदस्यको आँखामा आँसुसमेत देखिएको थियो । ‘के घर के डेरा:घर नं २’ जेठ २ गतेदेखि रिलिज हुँदै छ । 

    चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । सिनेमाले घर र डेराको कथा भन्नेछ । चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

    चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।
    कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा:घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।

  • सम्बन्धित विषय:

  • # केकी अधिकारी
  • # घर नं २
  • # निश्चल बस्नेत