शुक्रबार, श्रावण २९ गते २०८३
images
images

‘सगरमाथा संवाद’ को तयारी अन्तिम चरणमा

एक्सप्रेस पाना
बैशाख ३०, २०८२ मंगलबार
  • 474
    SHARES
  • ‘सगरमाथा संवाद’ को तयारी अन्तिम चरणमा

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले ‘सगरमाथा संवाद’ को तयारी अन्तिम चरणमा पुगेको बताएकी छन् । 

    images

    मंगलबार ‘सगरमाथा संवाद’ बारेमा पत्रकारहरुलाई ब्रिफिङ गर्दै उनले जेठ २ देखि ४ गतेसम्म चल्ने ‘सगरमाथा संवाद’ को तयारी अन्तिम चरणमा पुगेको बताएकी हुन् । उनले संवादमा यसपटकको विषयवस्तु ‘क्लाइमेट चेन्ज माउन्टेन एण्ड द फ्युचर अफ ह्युमानीटी’ रहेको बताइन् । 

    उनले भनिन्, ‘नेपाल सरकारले ‘सगरमाथा संवाद’ को पहिलो संस्करण १६ देखि १८ मे, जेठ २ देखि ४ गतेसम्म गर्दैछ । संवादको यसपटकको विषयवस्तु ‘क्लाइमेट चेन्ज माउन्टेन एण्ड द फ्युचर अफ ह्युमानीटी’ रहेको छ । ‘सगरमाथा संवाद’ नेपालले स्थापना गरेको अन्तर्राष्ट्रिय फोरम हो । यसमा मानव समस्या, त्यसमाथि छलफल र समाधानकाबारे अन्तरक्रिया गरिन्छ । यसैगरि ‘सगरमाथा संवाद’ को तयारी हाल अन्तिम चरणमा पुगिसकेको छ । तयारीको बारेमा विभिन्न समयमा पत्रकार सम्मेलन आयोजना गरि जानकारी पनि गराइरहेका छौं ।’ 

    images

    यस्तै, उनले नेपालको हिँउ पग्लिने हो भने सबैलाई समस्या हुने हुँदा नेपालका हिमालका बारेमा नेपाल मात्र होइन् विश्वलाई नै चासो रहेको भन्दै संवादमा धेरै देशको प्रतिनिधिहरुको सहभागिता रहने बताइन् । 

    उनले भनिन्, ‘नेपालका हिमालका बारेमा नेपाल मात्र होइन विश्वलाई नै चासो छ ।  किनभने नेपालको हिँउ पग्लिने हो भने सबैलाई समस्या हुन्छ । त्यसकारण यस संवादमा धेरै देशको प्रतिनिधि आउनुभएको छ । यो राजनीतिक फोरम होइन, त्यसकारण यसमा जलवायु परिवर्तन बाहेक अरुबारे छलफल गर्दैनौ । यस कार्यक्रमका बारेमा विगतका सरकारले पनि धेरै प्रयासहरु गरेका थिए । कार्बन र उर्जाको क्षेत्रका बारेमा र नेपालभित्र गर्नुपर्ने कानूनी कुराहरुको बारेमा पनि गम्भीर रुपमा कामहरु अगाडि बढि रहेको छ ।’ 

    ‘सगरमाथा संवाद एक बहु–सरोकारवाला संवाद मञ्च हो । जुन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय महत्वका प्रमुख मुद्दाहरूमा छलफल गर्न प्रतिबद्ध छ । एक प्लेटफर्मको रूपमा, यसले व्यापक रुपमा जीवनका सबै क्षेत्रका मानिसहरूलाई एकै ठाउँमा ल्याउँछ, जसमा सकारात्मक परिवर्तनको लागि बहसलाई आकार दिन र चलाउन हिस्सेदारी, प्रभाव र क्षमता राख्दछ,’ मन्त्री राणाले भनिन् । 

  • सम्बन्धित विषय:

  • # आरजु राणा देउवा
  • # सगरमाथा संवाद