आइतबार, भाद्र २८ गते २०८३
images

महिला टी-२० विश्वकप एशिया छनोट:हङकङ चाइनासँग नेपाल पराजित

एक्सप्रेस पाना
बैशाख ३०, २०८२ मंगलबार
  • 402
    SHARES
  • महिला टी-२० विश्वकप एशिया छनोट:हङकङ चाइनासँग नेपाल पराजित

    काठमाडौं । आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौटमा नेपाल हङकङ चाइनासँग पराजित भएको छ ।  

    images

    थाइल्याण्डमा जारी खेलमा बर्षाले प्रभावित खेलमा नेपाल हङकङ चाइनासँग ७ विकेटले पराजित भएको हो ।

    ५-५ ओभर खेलाइएको खेलमा नेपालले दिएको ३० रनको लक्ष्य पछाएको हङकङ चाइनाले ४.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।  

    images

    त्यस अघि नेपालले टस हारेर ब्याटिंग गर्दै ५ ओभरमा ३ विकेट गुमाउदै २९ रन बनाएको थियो । 

    यो जितपछि हङकङ चाइनाको ३ खेलमा ४ अंक भएको छ र समुह सी मा शिर्ष स्थानमा उक्लिएको छ ।  नेपालको भने ३ खेलमा ३ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।   

    नेपालले अर्को खेल मे १५ मा बहराइनसँग खेल्ने तालिका रहेको छ ।

  • सम्बन्धित विषय:

  • # महिला टी-२० विश्वकप