आइतबार, भाद्र २८ गते २०८३
images

स्कटल्याण्डमा हुने टी–२० सिरिजका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

एक्सप्रेस पाना
बैशाख ३१, २०८२ बुधबार
  • 252
    SHARES
  • स्कटल्याण्डमा हुने टी–२० सिरिजका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

    काठमाडौं । स्कटल्यान्डमा हुने आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज र टी–२०आई सिरिजका लागि नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

    images

    बुधबार नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रम गर्दै सिरिज खेल्न जाने टोलीको बिदाइ गरेको हो । टोली आज साँझ स्कटल्यान्ड प्रस्थान गर्नेछ ।

    नेपालले लिग–२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ भने लिग–२ सिरिजपछि नेपालले ती देशहरूसँग टी–२०आई सिरिज खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ ।

    images

    लिग–२ का लागि नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), सन्दीप लामिछाने, गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, र करण केसी रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # टी–२० सिरिज