काठमाडौं । थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया छनोटमा नेपालले आज बहराइनविरुद्ध खेल्दैछ ।
नेपाली समय अनुसार यो खेल १२ः ३५ बजेदेखि शुरु हुनेछ । नेपालले जारी प्रतियोगिताको पहिलो खेल हङकङ चाइनाविरुद्ध बर्षाले रद्ध भएपछि अंक बाँडेको थियो भने दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा हङकङ चाइनासँग पराजित भएको थियो । त्यस्तै बहराइनले खेलेका दुई खेलमा एक हार र एक खेलमा अंक बाँडेको छ ।
नेपालले सुपर थ्रीमा आफ्नो स्थान पक्का गर्न यो खेल जित्नै पर्ने अवस्था छ भने अर्को खेलमा बहराइनले हङकङ चाइनालाई पराजित गर्नुपर्ने देखिएको छ ।
कुल ९ देशले भाग लिने यस एशिया छनौटमा नेपाल समुह सी मा रहेको छ । नेपालको समुहमा बहराइन र हङकङ रहेका छन् ।


