काठमाडौं । थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया छनोटमा नेपालले बहराइनलाई ६ विकेटले पराजित गरेको छ ।
पानी परेर ७ ओभरमा छोट्टाइएको खेलमा नेपालले जितका लागि ५६ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले ५.४ ओभरमा पुरा गरेको हो ।
नेपालको लागि कप्तान इन्दु बर्माले आक्रामक ब्याटिङ गर्दै ७ बलमा २४ रन बनाइन् । त्यसैगरी पूजा महतोले १३ र सम्झना खड्काले ५ रन बनाउँदा रुविना क्षेत्री ४ रनमा नटआउट रहिन् ।
बहराइनका लागि पवित्र शेट्टीले सर्वाधिक ३ विकेट लिइन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको बहराइनले १२.४ ओभरमा ३ विकेट गुमाएर ७६ रन बनाएको थियो ।
थरंगा गजनायकेले १२ रन बनाइन् भने रसिका रोड्रिगोले सर्वाधिक २४ रन बनाइन । दीपिका रासंगिकाले २३ रनको योगदान दिइन् ।


