आइतबार, भाद्र २८ गते २०८३
images

टी–२० महिला विश्वकप एसिया छनोट:यूएईले नेपाललाई दियो ११५ रनको लक्ष्य

एक्सप्रेस पाना
जेठ ५, २०८२ सोमबार
  • 186
    SHARES
  • टी–२० महिला विश्वकप एसिया छनोट:यूएईले नेपाललाई दियो ११५ रनको लक्ष्य

    काठमाडौं । आइसिसी टी–२० महिला विश्वकप एसिया छनोटको सुपर थ्रीको खेलमा यूएईले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ ।

    images

    सोमबार बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाएको हो । यूएईका लागि कप्तान इशा ओझाले ३९ बलमा सर्वाधिक ३९ रन बनाइन् । 

    नेपालका लागि मनीषा उपाध्यायले सानदार बलिङ गर्दै चार ओभरमा २० रन दिएर महत्वपूर्ण चार विकेट लिइन् । कविता कुँवरले दुई तथा राजमति ऐरीले एक विकेट लिइन् । 

    images

    विश्वकप छनोटमा पुग्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ ।  

  • सम्बन्धित विषय:

  • # टी–२० महिला विश्वकप