आइतबार, भाद्र २८ गते २०८३
images

युएईलाई पराजित गर्दै नेपाल महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा

एक्सप्रेस पाना
जेठ ५, २०८२ सोमबार
  • 801
    SHARES
  • युएईलाई पराजित गर्दै नेपाल महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा

    काठमाडौं । नेपाल युएईलाई पराजित गर्दै आइसीसी महिला टी-२० विश्वकप क्वालिफायरका लागि छनौट भएको छ । 
    सोमबार थाइल्याण्डमा सम्पन्न एशिया छनौटको सुपर थ्री अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपाल पहिलोपटक विश्वकप ग्लोबल छनोटमा प्रवेश गरेको हो । 

    images

    ११५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३० रन बनाइन् भने रुबिना क्षेत्रीले २३ र सम्झना खड्काले २१ रन जोडिन् । 

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ७ विकेट गुमाउदै ११४ रन बनाएको थियो । युएईका लागि इशा ओजाले सर्बाधिक ३९ रन बनाउँदा थीर्था सतिशले २१ बनाइन् ।

    images

    नेपाली बलर मनिषा उपाध्यायले सर्बाधिक ४ विकेट लिइन् भने कविता कुँवरले २ र राजमती ऐरीले एक विकेट लिइन् ।

    त्यस्तै आयोजक थाइल्याण्ड पनि ग्लोबल क्वालिफायरमा पुगेको छ । युएई भने सुपर थ्रीका दुवै खेलमा हार बेहोरेर बाहिरिएको छ । नेपालले अब सुपर थ्रीको आर्को खेल मंगलबार थाइल्याण्डसँग खेल्ने छ ।     

  • सम्बन्धित विषय:

  • # महिला टी-२० विश्वकप
  • # युएई