काठमाडौं । नेपालले आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौटको सुपर थ्री अन्तर्गतको अन्तिम खेलमा थाइल्याण्डसँग खेल्दैछ ।
महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायारमा छनौट भइसकेका नेपाल र थाइल्याण्ड दुवै एशिया छनौटको सुपर थ्री अन्तर्गतको अन्तिम खेल एक अर्काविरुद्ध भिड्न लागेका हुन् ।
खेल नेपाली समय अनुसार बिहान ८:४५ बजेदेखि शुरु हुनेछ । यो एशिया छनौट अन्तर्गतको यो अन्तिम खेल हो । यस खेलको नतिजाले दुवै देशलाई कुनै असर भने गर्दैन् ।
फाइनल राउण्डमा युएईले दुवै खेलमा हार बेहोरेपछि बाहिरिएको छ । नेपाल र थाइल्याण्डदुवैले युएईलाई पराजित गरेका थिए ।
एशिया छनौट खेल्न नेपाल क्रिकेट संघ (क्यान) लेइन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिम थाइल्याण्डमा रहेको छ । नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रोमा थापा, रुबी पोडार, रुबिना क्षेत्री, कबिता कुँवर, बिन्दु रावल, सबनम राई, कविता जोशी, इश्वरी बिष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमती ऐरी र रिया शर्मा रहेका छन् ।


