काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्रीको अन्तिम खेलमा नेपालले आयोजक थाइल्याण्डविरुद्ध टस जितेर
फिल्डिङ गर्दै छ ।
मंगलबार थाइल्याण्डमा जारी खेलमा नेपालले थाइल्याण्डविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो ।
यस अघि नेपाल र थाइल्याण्ड दुवै विश्वकपको ग्लोबल छनोटमा पुगिसकेको छन् । उनीहरू दुवैले यूएईलाई हराउँदै ग्लोबल छनोटमा प्रवेश गरेका हुन् ।
नेपालले हालसम्म थाइल्याण्डलाई हराउन सकेको छैन । यदि आजको खेलमा जित निकाल्न सके नेपाली महिला टिमले अर्को इतिहास बनाउने छन् ।


