आइतबार, भाद्र २८ गते २०८३
images

नेपाललाई हराउँदै थाइल्याण्ड बन्यो एशिया छनौटको च्याम्पियन

एक्सप्रेस पाना
जेठ ६, २०८२ मंगलबार
  • 412
    SHARES
  • नेपाललाई हराउँदै थाइल्याण्ड बन्यो एशिया छनौटको च्याम्पियन

    काठमाडौं । आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौटको सुपर थ्रीको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । 

    images

    मंगलबार थाइल्याण्डमा भएको खेलमा सुपर थ्री अन्तर्गतको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग ७८ रनले पराजित भएको हो । १५९ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै ८० रन मात्र बनाउन सक्यो । 

    नेपालका लागि कबिता कुँवरले सर्बाधिक २४ रन बनाएकी थिइन् भने राजमती ऐरीले २० र रुबिना क्षेत्रीले १२ रन बनाएकी थिइन् । 

    images

    यसअघि टस हारेर ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाउदै १५८ रन बनाएको थियो ।

    थाइल्याण्डका लागि नन्नापाट कोन्चारोनकाई र नताया बूचाथामले ५०(५० रन बनाएका थिए ।त्यस्तै नेपाली बलर राजमती ऐरी र मनिषा उपाध्यायले एक एक विकेट लिएका थिए ।

    यो जितसँगै थाइल्याण्ड एशिया छनौटको च्याम्पियन बनेको छ । नेपाल र थाइल्याण्ड दुवै आइसीसी विश्वकप छनौटको ग्लोबल क्वालिफायरमा पुगिसकेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # महिला टी-२० विश्वकप