शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट हेर्दाहेर्दैमा

एक्सप्रेस पाना
जेठ ६, २०८२ मंगलबार
  • 349
    SHARES
  • रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट हेर्दाहेर्दैमा

    काठमाडौं । सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का  सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट हेर्दाहेर्दैमा राखिएको छ ।

    images

    मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा बन्दी प्रत्यक्षीकरणको सुनुवाइ भइरहेको हो ।

    आज रवि पक्षका १० जना वकिलहरूले बहस गरेको वरिष्ठ अधिवक्ता सुशिल पन्तले जानकारी दिए । उनका अनुसार पूर्वडिआइजी छविलाल जोशीका वकिलहरूले पनि बहस गरेपछि सरकारी पक्षबाट पनि बहस हुने छ र आदेश आउने छ । 

    images

    उनले भने, ‘आज रवि लामिछानेको पक्षमा १० जना वकिलहरूको वहस भएको छ । भोली एक जना वरिष्ठ अधिवक्ताको बहस हुने छ । त्यसपछि छविलाल जोशीको बहस हुन्छ अनि सरकारी पक्षको बहस भएपछि आदेश हुन्छ ।’ 
    यो मुद्दा ६ पटकसम्म हेर्न नमिल्नेमा परेको थियो । 

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने