आइतबार, भाद्र २८ गते २०८३
images

राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्कियो

एक्सप्रेस पाना
जेठ ८, २०८२ बिहीबार
  • 181
    SHARES
  • राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्कियो

    काठमाडौं । आईसीसी महलिा टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । 

    images

    थाइल्यान्डमा एसिया छनोट खेलेर टोली बुधबार साँझ  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएर स्वदेश फर्किएको हो ।

    नेपाल एसिया क्षेत्र छनोटको उपविजेताका रूपमा ग्लोबल क्वालिफायरमा पुगेको थियो ।  नेपाल पहिलोपटक महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको हो । एसिया क्षेत्र छनोटअन्तर्गत समूह सीमा बहराइनलाई २ पटक हराएको नेपाल हङकङसँग एक खेलमा पराजित भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।

    images

    सुपर थ्रीमा यूएईलाई पराजित गरी नेपालले ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गरेको थियो । सुपर थ्रीकै खेलमा थाइल्यान्डसँग पराजित भएपछि नेपाल उपविजेता बनेको हो ।