काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) का अध्यक्ष डा. तनका अकिहिकोबिच भेटवार्ता भएको छ ।
शुक्रबार टोकियोस्थित जाइकाको मुख्यालयमा भएको भेटवार्तामा नेपाललाई प्रदान गरिएको सबै सहयोगको लागि जाइकालाई धन्यवाद दिएको बताउदै मन्त्री राणाले नेपालको सामाजिक-आर्थिक विकासको लागि जापानी सहयोगलाई सहजीकरण गर्न जाइकाले आधारशिलाको भूमिका खेल्ने बताएकी छन् ।
मन्त्री राणाले जाइकाले जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, सुशासन र वृद्धावस्था सम्बन्धी मुद्दाहरू लगायतका मुद्दाहरूमा छलफल गरेको जानकारी दिएकी छन् ।



