शुक्रबार, श्रावण २९ गते २०८३
images
images

थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल महिला टिमको घोषणा

एक्सप्रेस पाना
जेठ ९, २०८२ शुक्रबार
  • 444
    SHARES
  • थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल महिला टिमको घोषणा

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्यान्डसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय महिला टिमको घोषणा गरेको छ । 

    images

    मुख्य प्रशिक्षक राजेन्द्र तामाङले शुक्रबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

    नेपाली टिममा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान), अञ्जना रानामगर र उषा नाथ रहेका छन् । त्यस्तै डिफेन्डर अमृता जैसी, गीता राना, विमला विक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे र मनमाया दमाई रहेका छन् । त्यसैगरी मिडफिल्डरमा अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटे, प्रीति राई, सुरु लिम्बु, सविता रानामगर, सरस्वती हमाल र सुस्मा तामाङ रहेका छन् । त्यस्तै फरवार्डमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल रहेका छन् ।

    images

    एन्फाका अनुसार, नेपालले मे ३० मा बन्द रंगशालाभित्र थाइल्यान्डसँग अभ्यास खेल खेल्नेछ । यसपछि नेपालले जुन २ मा थाइल्यान्डसँग आधिकारिक फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । 

    यसपछि नेपालले एएफसी एसियन कप छनोटमा प्रतिस्पर्धा गर्नेछ । छनोटमा नेपाल समूह ‘एफ’मा छ । यस समूहमा नेपालसँगै श्रीलंका, लाओस र उज्वेकिस्तान रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # एन्फा