काठमाडौं । नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ ।
जेनेभामा जारी संगठनको ७८औँ महासभाका क्रममा नेपाल सदस्यमा सर्वसम्मत भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिएका हुन् ।
मन्त्री पौडेलले यसका लागि सबै नेपालीलाई बधाई समेत दिएका छन् ।
उनले यसले नेपालका स्वास्थ्य सुधारका असल प्रयासहरुको विश्वव्यापी प्रसार अनि विश्वका राम्रा अभ्यासको अनुकरणका लागि अझ ठूलो सम्भावनाको ढोका उघारेको उल्लेख गरेका छन् ।



