आइतबार, भाद्र २८ गते २०८३
images

दिल्लीमा सम्पन्न कुस्ती प्रतियोगितामा नेपालका सुरेश चुनाराले जिते कांस्य पदक

एक्सप्रेस पाना
जेठ ११, २०८२ आइतबार
  • 177
    SHARES
  • दिल्लीमा सम्पन्न कुस्ती प्रतियोगितामा नेपालका सुरेश चुनाराले जिते कांस्य पदक

    काठमाडौं । भारतको नयाँ दिल्लीमा सम्पन्न यूडब्ल्यूडब्ल्यू एसियाली बेल्ट कुस्ती (अलिश) च्याम्पियनसीप २०२५ मा नेपालका सुरेश चुनाराले कांस्य पदक जितेका छन् । 

    images

    दिल्लीस्थित तालकटोरा इनडोर स्टेडियममा आयोजित प्रतियोगिताको ८० केजी पुरुष फ्री स्टाइल प्रतिस्पर्धामा चुनाराले शनिबार तेस्रो स्थान प्राप्त गर्दै कांस्य पदक जितेको नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले जनाकारी दिए ।

    उक्त प्रतिस्पर्धामा काजकिस्तानका अइबोलोट अमानोभ पहिलो तथा भारतका कुभेनु पुरो दोस्रो भएका थिए ।

    images

    आयोजित सम्मान समारोहमा सुरेश चुनारालाई आयोजक संस्थाहरू एआइटीडब्ल्यूपीएफ, एशियन अलिश फेडेरेसन र वल्र्ड अलिश फेडेरेसनका प्रतिनिधिहरूले प्रमाणपत्र र पदक प्रदान गरेका थिए ।

    एसियाका विभिन्न राष्ट्रका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा चुनाराले अनुशासन, मेहनत र समर्पणसहित प्रदर्शन गरी कांस्य पदक प्राप्त गर्न सफल भएको संघका अध्यक्ष कुसारीले बताए ।

  • सम्बन्धित विषय:

  • # सुरेश चुनारा