मंगलबार, श्रावण १२ गते २०८३
images
images

अवैध समान सहितको ट्रक प्रहरी नियन्त्रणमा

एक्सप्रेस पाना
जेठ ११, २०८२ आइतबार
  • 289
    SHARES
  • अवैध समान सहितको ट्रक प्रहरी  नियन्त्रणमा

    काठमाडौं । सर्लाही प्रहरीले अवैध समान सहितको एक ट्रकलाई नियन्त्रणमा लिएको छ । 

    images

    इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले आइतबार बिहान बागमती नगरपालिका १२ चेकपोष्टबाट ट्रकलाई  नियन्त्रणमा लिएको हो । सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार बुटवलबाट विराटनगरका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९४६० नम्वरको ट्रकलाई नियन्त्रणमा लिइएको हो ।

    ट्रकमा लोड भएका समानको प्रज्ञापन पत्र नभएको र कतिपय समानको भ्याटबिल समेत नभएको पाइएको उनले जानकारी दिए ।

    images

    ट्रकबाट औषधि, मेसिन, हार्डवेयर, जिरा पाउडर, कस्मेटिक, टायर, हेल्मेट, मोटर पार्टस्, ब्याट्री,  र किचेनका समान बरामद भएको उनले उल्लेख गरेका छन । 

    बरामद गरिएको ४७ लाख ९७ हजार ५०१ रुपियाँ बराबरको समान र ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ट्रक नियन्त्रणमा